वैशाख २६ देखि जेठ १ गतेसम्मको साप्ताहिक राशिफल

शनिबार, २६ बैशाख, २०८३
डिजिटल संस्करण
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको वैशाख २६ गते शनिबारदेखि जेठ १ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भमा आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । बिहीबारपछि जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यावहारिक जानकारी लिनु असल हुनेछ । आफूमुनिका नातेदार वा बालबच्चासित राम्रो व्यवहार गर्नुहोला । इष्टमित्रको शुभकामना प्राप्त गर्न सकेमा शुभफल प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । आम्दानीमा समेत बढोत्तरी हुनेछ । अभिभावकवर्गको आशीर्वाद प्राप्त हुनेछ । राम्रो समाचार सुन्न पाउनुहुनेछ । साताको अन्त्यमा स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । सानोतिनो चोटपटक नै पनि लाग्न सक्छ, सचेत एवं सावधान रहनुहोला । तपाईंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, नयाँ काम नथाल्नु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रोकिएका कामसमेत सम्पादन हुनेछन् । पढाइमा पनि राम्रै प्रगति हुनेछ । दूरदर्शिताको सर्वत्र चर्चा हुनेछ । मायाप्रेम र भावनात्मक क्रियाकलापमा समय व्यतीत हुनेछ । सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सन्तान पक्षको राम्रो माया मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरबाहिर जानुपर्ने सम्भावना देखिन्छ । पारिवारिक समस्यामा केन्द्रित हुनाले फुर्सद निकाल्न सकिँदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । स्वास्थ्यमा देखापरेका समस्या निराकरण हुनेछन् । जोसँग जतिवेला बोले पनि बडो विचार पुर्याएर मात्रै बोल्नु राम्रो हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । आमा वा मामाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । दीर्घकालिक योजनालाई मूर्त बनाउन चिन्तन महत्वपूर्ण बन्न सक्छ । वैदेशिक रोजगारी गर्नेहरूले घरायसी कुरा सम्झेर समय बिताउनेछन् । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । बिहीबारपछि अध्ययन, अध्यापन र लेखनकार्यमा सफलता प्राप्त हुनेछ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्नेछ । भाइबहिनी र छोराछोरीले सहयोग गर्नेछन् । नातेदार र कुटुम्बले काममा सहयोग गर्नेछन् । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुनेछ । साताको मध्यभागमा कृषिकार्यतिर मन जानेछ । प्रयाससाध्य समय छ, धैर्य गर्नुपर्छ । साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ । आत्मविश्वासमा अभिवृद्धि हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभ समाचार प्राप्त हुनाले मन फुरुंग हुनेछ । समयलाई उपयोग गर्न सके राम्रो फाइदा लिन सकिनेछ । उत्साहवर्द्धक समय हुनेछ । कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । बिहीबारपछि सामाजिक काममा संलग्न हुनुपर्ला । धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धैर्यले काम लिने समय छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ । बुधबारदेखि सकारात्मक समय सुरु हुनेछ, कुनै नयाँ उद्योगधन्दा वा व्यवसायको थालनी गरेमा व्यावहारिक रूपमा फाइदा पुग्नेछ । साताको अन्त्यमा सम्पति प्राप्त गर्ने सम्भावना छ । पारिवारिक जीवन सन्तोषप्रद हुनेछ । साझेदार वा सहयोगीको संगतले लाभ प्राप्त हुने सम्भावना छ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । मेवा मिष्टान्न परिकार मिल्नेछ, भेटघाट राम्रै होला । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावनासमेत छ । राज्यपक्षबाट सम्मानित हुने अवसर पाइनेछ । घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नुपर्छ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । घरपरिवार र नातेदारमा सुमधुर सम्बन्ध कायम हुनेछ । साताको अन्त्य राम्रो छैन, खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नुपर्ने हुन सक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) पारिवारिक जीवन सामान्य रहनेछ । पशुपालक र दुग्ध व्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले स्वास्थ्यमा सकारात्मक संकेत देखिनेछ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । त्यस्तै, साताको अन्त्यमा साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । कतिपय राम्रा अवसर प्राप्त गर्नुहुनेछ । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिनेछ । साताको अन्त्यमा विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधुप गर्नुपर्नेछ । यात्रा रमाइलो हुनेछ । स्वास्थ्यमा अचानक सानो समस्या देखिन सक्छ, तर डराइहाल्नुपर्दैन । आफन्तबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन ।

See More On

सुझावित समाचार