निषेधित क्षेत्रमा अनुमतिविना दुई चिनियाँ पर्यटकलाई लैजाने ट्रेकिङ कम्पनीलाई अध्यागमन विभागले कारबाही गरेको छ। स्नोई होइजन ट्रेक्स एन्ड एक्सिपिडिन कम्पनीलाई विभागले ५० हजार रुपैयाँ जरिवाना तिराएको हो।
सो कम्पनीले दुई चिनियाँ पर्यटकलाई विनाअनुमति संखुवासभाको भोटेखोला क्षेत्रमा पदयात्रामा लगेको थियो। अनुमतिपत्र नभएपछि सुरक्षाकर्मीले २२ वैशाखमा नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएपछि मात्र उनीहरूले अनुमतिपत्र लिएको देखिएपछि त्यो विभागले रद्द गरेको छ। साथै, साइडलाई पनि कारबाहीका लागि पर्यटन विभागमा पत्राचार गरिएको विभागका निर्देशक टीकाराम ढकालले बताए।
