राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा कोशी प्रदेश सरकारले ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ।
बिहीबार विराटनगरस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित कार्यक्रमबिच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनही एक लाख रुपैयाँसहित पुरस्कृत गरेका हुन्।
पुरस्कृत हुनेमा मोरङका विवेक गौतम, शेखर रेग्मी र श्यामसुन्दर सुतिहार, झापाकी रेजिना गौतम, धनकुटाका सन्तोष रुचाल र सिद्धराज राई तथा सोलुखुम्बुका मनोज श्रेष्ठ रहेका छन्।
कोशी सरकारले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा ०७५ सालदेखि प्रदेशका अग्रज पत्रकारहरूलाई पुरस्कृत गर्दै आएको छ।