नौ महिनामा आइएमई लाइफको पौने ३७ करोड नाफा

बिहिबार, २४ बैशाख, २०८३
डिजिटल संस्करण

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्म ३६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आवको सोही अवधिमा भने ३६ करोड ६३ लाख नाफा कमाएको थियो । यस्तै, कम्पनीको कुल आम्दानी चार अर्ब ८२ करोड ९४ लाखबाट बढेर ६ अर्ब १७ करोड ८५ लाख कायम भएको छ । 

यस अवधिमा कम्पनीको बिमाशुल्क ३९.१८ प्रतिशतले बढेको छ । गत आवको चैत मसान्तसम्म तीन अर्ब ६० करोड ३५ लाख खुद बिमाशुल्क आर्जन गरेको कम्पनीले यस अवधिमा पाँच अर्ब एक करोड ५१ लाख आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ ।

कुल खर्च भने चार अर्ब ४६ करोड ३१ लाखबाट ३० प्रतिशतले बढेर पाँच अर्ब ८१ करोड पुगेको कम्पनीले जनाएको छ । कम्पनीको चुक्ता पुँजी पाँच अर्ब छ । समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ९.८१ र प्रतिसेयर नेटवर्थ १३१.४९ रुपैयाँ छ । 

सुझावित समाचार