महुली लघुवित्तको नाफा १२ करोड २८ लाख

बुधबार, २३ बैशाख, २०८३
डिजिटल संस्करण

चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् चैतसम्म महुली लघुवित्तले १२ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा आठ करोड ९५ लाख कायम थियो ।

त्यसैगरी, संस्थाले समीक्षा अवधिमा ३६ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा संस्थाले १६ करोड ४८ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

३८ करोड ७४ लाख चुक्ता पुँजी रहेको संस्थाको यस अवधिमा एक अर्ब ९८ करोड ९१ लाख निक्षेप संकलन गरेको जनाएको छ । यस्तै, पाँच अर्ब ९८ करोड ९३ लाख कर्जा प्रवाह गरेको छ । चैत मसान्तसम्म संस्थाको एनपिएल ८.१७ प्रतिशत छ ।

सुझावित समाचार