इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स ब्रान्ड सिजीले नेपाली बजारमा आफ्नो चेस्ट फ्रिजरको बृहत् रेन्ज उपलब्ध गराउँदै आएको जनाएको छ । कम्पनीका एक सय १० देखि एक हजार लिटरसम्मको विशाल क्षमताका चेस्ट फ्रिजर बजारमा उपलब्ध छन्, जसमा २८ वटा उत्कृष्ट मोडेल र कम्प्रेसरमा पाँच वर्षको विशेष वारेन्टी रहेको बताइएको छ ।
कम्पनीका अनुसार बढ्दो गर्मी र तापक्रममा खाद्य सामग्रीको सुरक्षा र ताजगी कायम राख्नु एउटा ठुलो चुनौती छ । यसैलाई लक्षित गर्दै सिजीले ‘सुपर फास्ट फ्रिजिङ’ प्रविधिसहितका फ्रिजरहरू बजारमा ल्याएको हो । यी फ्रिजरले दुध, मासु, तरकारीलगायत वस्तुको ताजगी लामो समयसम्म जोगाइराख्न सहयोग पुर्याउने बताइएको छ । कम्पनीका अनुसार यसको फ्रिजरहरूमा प्रयोग गरिएको मजबुत कम्प्रेसर प्रणालीले अस्थिर भोल्टेज र प्रतिकूल मौसममा पनि निरन्तर काम गर्ने क्षमता राख्छ । साथै, विशेष इन्सुलेसन प्रविधिका कारण बिजुली आपूर्ति बन्द हुँदा पनि भित्री चिस्यान लामो समयसम्म कायम रहने बताइएको छ ।
सिजीले साना व्यवसायीदेखि ठुला उद्योगसम्मलाई लक्षित गर्दै विभिन्न क्षमताका मोडेलहरू उपलब्ध गराएको जनाएको छ । थोक खरिद तथा भण्डारण सहज हुने भएकाले यसले उपभोक्तालाई आर्थिक बचतमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।