गएराति परेको वर्षाको कारण अवरुद्ध भएको बिपी राजमार्ग मर्मतपश्चात् सञ्चालनमा आएको छ ।रोशीखोलाको बाढीले अस्थायी डाइभर्सन बगाएपछि हिजो रातिदेखि नै सडक अवरुद्ध भएको थियो ।
स्थानीय सरकार र सडक डिभिजन कार्यालाय भक्तपुरको पहलमा डाइभर्सन पुन: निर्माण गरी यातायात सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चाेकले जानकारी दिए ।
मौसम पूर्वानुमान विभागअनुसार अझै पनि पानी पर्ने सम्भावना रहेकोले यात्रा गर्दा आवश्यक सावधानी अपनाउनुका साथै आपतकालीन अवस्था सिर्जना भएमा वा बाटोको अवस्थाबारेमा जानकारी लिनका लागि आपतकालीन सम्पर्क नं. १०० र १०३ मा सम्पर्क राख्न जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले अनुरोध गरेको छ ।