सानिमा बैंक र फिनतारा सोलुसन्सबिचको सहकार्य

मंगलबार, १५ बैशाख, २०८३
डिजिटल संस्करण

सानिमा बैंकका ग्राहकले फिनतारासँग आबद्व मर्चेन्ट स्टोरहरूमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी १२ महिनासम्म शून्य प्रतिशत ब्याजमा सामान खरिद गर्न पाउने भएको छ ।

बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताका लागि सहज र आकर्षक सुविधा प्रदान गर्ने उद्देश्यले फिनतारा सोलुसन्ससँग सहकार्य गरेको छ । यो सुविधा इलेक्ट्रोनिक्स, मोबाइल सेट, ल्यापटप, फर्निचर, माउन्टेन बाइक, घरेलु उपकरण आदि खरिद गर्दा उपभोग गर्न सकिनेछ ।

यस पहलले उच्च मूल्यका सामग्रीलाई थप सहज र पहुँचयोग्य बनाउँदै, ग्राहकलाई विनाब्याज किस्ताबन्दीमार्फत भुक्तानी गर्ने सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ । 

सुझावित समाचार