बर्लीको कमर्सियल एयर कुलर बजारमा

मंगलबार, १५ बैशाख, २०८३
डिजिटल संस्करण

ठुला व्यावसायिक क्षेत्रहरूका लागि लक्षित गरेको बर्लीका तीनवटा नयाँ हेभी कमर्सियल एयर कुलरहरू बजारमा आएका छन् । नेपालका लागि आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा ल्याएका नयाँ कुलरहरू बैंक, अफिस, ठुला सोरुम, रेस्टुरेन्ट, पार्टी प्यालेस र जिमका लागि उपयुक्त हुने जनाएको छ । 

एक सय ३५ लिटरको विशाल ट्यांकी, उच्च वायु प्रवाह, २० इन्चको प्लास्टिक हाई पर्फमेन्स ब्लेड तथा चारतर्फी स्विङ प्रविधि, वाटर लेभल इन्डिकेटर र ठुला सभाहलका लागि यसका उत्कृष्ट विशेषता हुन् ।

त्यस्तै, बर्ली कमर्सियल कुलरका साझा विशेषतामा परम्परागत घाँसको तुलनामा धेरै चिसो र लामो समयसम्म टिक्ने प्याडहरू, पाइप जोडेर सिधै पानी भर्न सकिने सुविधा, एयर कन्डिसनरको तुलनामा ८० प्रतिशतसम्म कम बिजुली खपत र सजिलै यताउता सार्न मिल्ने रहेका छन् ।

See More On

सुझावित समाचार