टी–१० लिगमा क्लाउडको रोमाञ्चक जित

मंगलबार, १५ बैशाख, २०८३
डिजिटल संस्करण

टेक्सपायर कर्पोरेट टी–१० लिग क्रिकेट प्रतियोगितामा सोमबार क्लाउड फ्याक्ट्रीले एनसेललाई २ रनले हराएको छ । पहिले ब्याटिङ गरेको क्लाउड फ्याक्ट्रीले १० ओभरमा ६ विकेट गुमाउँदै ९९ रन बनायो ।

टोलीका लागि कप्तान सुबोध ढुंगेलले अविजित ५२ रन बनाए । एनसेल १० ओभरमा ६ विकेट गुमाउँदै ९७ रन जोड्दा क्लाउडले रोमाञ्चक जित निकाल्यो । क्लाउडका समज पौडेलले अविजित ४२ रन बनाए । अर्को खेलमा सुबिसुले सिप्रडीमाथि सात विकेटको सानदार जित निकाल्यो ।

सिप्रडीले पहिलो ब्याटिङ गरी १० ओभरमा ३ विकेट गुमाउँदै १०७ रन बनायो । टोलीका लागि प्रल्लबराज श्रेष्ठले अविजित ४९ रन जोडे । १०८ रनको लक्ष्य पछ्याएको सुबिसुले ८.१ ओभरमै लक्ष्य पूरा गर्यो । विवेककुमार यादवले ३५ रन र दमन चन्दले विस्फोटक अविजित ३९ रन जोडे ।

अर्को खेलमा आइसिएफसी फाइनान्सले टेक्सपायरमाथि एकतर्फी प्रदर्शन गर्दै ९४ रनको विशाल जित दर्ता गरेको छ । आइसिएफसी फाइनान्सले १० ओभरमा ३ विकेट गुमाउँदै १४४ रनको विशाल स्कोर खडा गर्यो ।

आइसिएफसीका सुभाष भण्डारीले विस्फोटक ५० रन र सोमेश यादवले ३९ रनको उत्कृष्ट योगदान दिए । १४५ रनको लक्ष्य पछ्याएको टेक्सपायर ८.५ ओभरमै ५० रनमा समेटियो । 

See More On

सुझावित समाचार