अवरोधबिच हटाइयो मनोहरा क्षेत्रका अधिकांश टहरा

सोमबार, १४ बैशाख, २०८३
डिजिटल संस्करण

मनोहरा क्षेत्रका संरचना हटाउन शनिबार अवरोध भए पनि आइतबार ठुलो संख्यामा प्रहरी परिचालन गरेर भत्काइएको छ । काठमाडौं र भक्तपुरतर्फ गरी यस क्षेत्रमा ७५० भन्दा बढी परिवार भन्दै आएका थिए ।

आइतबार साना–ठुला गरी ३०० अवैध संरचना हटाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । शनिबार टहरा हटाउन जाने क्रममा १२ प्रहरी घाइते भएका थिए । त्यसपछि आइतबार बिहान करिब चार हजारको संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

संरचना भत्काउन १० डोजर प्रयोग गरिएको थियो । यस क्षेत्रमा ५० पक्की घरहरू भएकाले भत्काउन समय लागेपछि आइतबार पूरै खाली गर्न नसकिएको भक्तपुर प्रहरीले जनाएको छ ।

बागमती नदीकिनारका सुकुमवासी बस्ती खाली गरेपछि सरकारको सम्पर्कमा गएका अधिकांशलाई होटेलमा राखिएको छ । केही परिवार आश्रममा छन् । कैयौँ परिवार भने सरकारको सम्पर्कमै नआई आफैँ वैकल्पिक व्यवस्थापनमा लागेका छन् । 

सुझावित समाचार