माछापोखरीबाट हटाएर बसपार्क सारियो धादिङ तथा नुवाकोट चल्ने सवारीसाधनकाे स्टेसन

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

माछापोखरीबाट सञ्चालित धादिङ तथा नुवाकोट चल्ने बस तथा माइक्रोबसको स्टेसन त्यहाँबाट हटाइएको छ । 

ट्राफिक प्रहरी वृत्त नयाँबसपार्क, नेपाल प्रहरी तथा महानगर प्रहरी बलसमेतको समन्वय तथा सहकार्यमा शुक्रबारदेखि लागू हुने गरी माछापोखरी क्षेत्रबाट सञ्चालन हुँदै आएको धादिङ तथा नुवाकोट चल्ने बस तथा माइक्रोबसहरूलाई हटाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको  प्रहरीले जनाएको छ । 

साथै  माछापोखरी तथा बिजी मल एरियामा रहेका टिकट काउन्टरहरूसमेत हटाइएको ट्राफिक प्रहरी वृत्त नयाँबसपार्कले जनाएको छ । 

सुझावित समाचार