रेडमी बड्स–८ एक्टिभ बजारमा

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

प्रविधि कम्पनी साओमीले नेपाली बजारमा नयाँ रेडमी बड्स–८ एक्टिभ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार रेडमी बड्स–८ मा कानको प्राकृतिक बनावटसँग मिल्ने इन–इयर कर्भ डिजाइन प्रयोग गरिएको छ, जसले लामो समय प्रयोग गर्दा पनि दबाब कम हुने भएकाले असहज हुनेछैन । साथै, यसको हल्का बनावटले गर्दा दैनिक प्रयोगमा सजिलो, सुरक्षित र समाउन–बोक्न पनि सजिलो छ । 

यस्तै, एकपटक चार्ज गर्दा बढीमा सात घण्टा र चार्जिङ केससहित ३७ घण्टासम्म प्रयोग गर्न सकिने बताइएको छ । राम्रो साउन्डका लागि बनाइएका यी इयरबड्समा ठुलो टाइटानियमयुक्त ड्राइभर राखिएको छ । यो टाइटानियम कोटिङ भएको डायाफ्रामले मध्यम र उच्च फ्रिक्वेन्सीमा स्पष्ट र राम्रो साउन्ड दिने कम्पनीको दाबी छ । 

यसमा न्वाइज रिडक्सन प्रविधि पनि छ । प्रयोगकर्ताले डुअल माइक्रोफोन र एआई एल्गोरिदमको सहयोगले अझ स्पस्ट आवाज सुन्न र बोल्न सक्नेछन् । यसको प्रयोगले वरपरको आवाजलाई कम गरी कललाई स्पष्ट बनाउने कम्पनीले जनाएको छ । गुगल फास्ट पियरको सहयोगले छिटो र सहज रूपमा कनेक्ट गर्न सकिने बतताइएको छ । 

साथै, दुईवटा डिभाइससँग एकैचोटि कनेक्ट हुने सुविधा भएकाले सजिलै स्विच गर्न मिल्ने सुविधा पनि यसमा छ । कम्पनीले बताएअनुसार यी बड्स पानीका छिटा र धुलोबाट सुरक्षित छन् । त्यसैले यात्रा, दैनिक आवागमन वा व्यायाम गर्ने समयमा पनि प्रयोग गर्न उपयुक्त रहनेछन् । रेडमी बड्स–८ एक्टिभ कालो र सेतो दुई रङमा उपलब्ध छ । यसको मूल्य चार हजार चार सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

See More On

सुझावित समाचार