सल्यानको बनगाड कुपिण्डेमा आगलागी हुँदा चार घरगोठमा आगलागी भएको छ। बनगाड कुपिण्डे नगरपालिका– १०, खानीगाउँमा आगलागीबाट चार घरगोठ जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
स्थानीय ६५ वर्षीय तेजबहादुर पुनको गोठबाट लागेको आगो अन्य घरमा पनि फैलिएको थियो। थमन घर्ती, जीवन घर्ती र खुमबहादुर पुनको खरले छाएको दुईतले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए।
बस्तीमा लागेको आगो प्रहरी र स्थानीयको सक्रियतामा झन्डै साढे तीन घण्टापछि नियन्त्रणमा लिएको उनको भनाइ छ। मानवीय तथा पशु चौपायको क्षति नभए पनि अन्य भौतिक क्षति भएको र क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको भट्टराईले बताए।