नेप्से १३ अंकले घट्दा कारोबार रकम साढे पाँच अर्बबाट तल

सोमबार, ७ बैशाख, २०८३
डिजिटल संस्करण

सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १३.१७ अंक (०.४६ प्रतिशत)ले घटेर दुई हजार आठ सय २५.२३ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६७ प्रतिशतले गिरावट भएको छ।

आज कारोबार रकममा समेत ठुलो गिरावट आएको छ। अघिल्लो दिन करिब साढे सात अर्बको सेयर कारोबार हुँदा आज यो रकम घटेर पाँच अर्ब ३६ करोड ५१ लाख २९ हजार रुपैयाँमा सीमित भएको हो। सोमबार ३४९ कम्पनीका एक करोड १६ लाख ५३ हजार कित्ता सेयर किनबेच भए।

आज नेप्सेका ११ वटा समूहको सूचक एक प्रतिशतभन्दा थोरैले गिरावट देखिएको छ। बढेका होटेल तथा पर्यटन र व्यापार समूहको वृद्धि क्रमशः १.०१ र ०.५० प्रतिशत छ।

नेप्से सूचक घटे पनि आज सूर्यकुण्ड हाइड्रो, होटेल फरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर पावरको सेयर मूल्यमा सकारात्मक सर्किट (१५ प्रतिशतको वृद्धि) लागेको छ।

सर्वाधिक गुमाउनेमा डोल्ती पावर र एनआइसी एसिया ग्रोथ फन्ड २ का लगानीकर्ता छन्। यी कम्पनीको सेयर मूल्य पाँच प्रतिशतभन्दा धेरैले घटेका छन्।

सुझावित समाचार