दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री पल कपुर आज नेपाल आइपुगेका छन् । अमेरिका–नेपाल साझेदारीलाई अझ सुदृढ बनाउने लक्ष्यका साथ उनी नेपाल आएको अमेरिकी दूतावासले जनाएको छ ।
दूतावासले यो पुष्टि गर्दै भनेको छ, ‘उहाँले यस भ्रमणमा अमेरिका–नेपाल साझेदारीलाई अझ सुदृढ बनाउन सरकारी अधिकारीहरू, व्यावसायिक नेतृत्वकर्ताहरू र सांस्कृतिक विज्ञहरूसँग भेटघाट गर्नुहुनेछ।’