उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण

उपत्यका विकास प्राधिकरणका अवकाशप्राप्त विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अवैध सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

२७ वर्षे सरकारी सेवामा उनले १० करोड ५४ रुपैयाँभन्दा धेरै आर्जन गरेको अख्तियारको अभियोग छ। ०४५ सालदेखि जागिर खाएका उनी ०७२ सालमा सेवानिवृत्त भएका थिए। प्राधिकरणले गरेको उपत्यकाको सडक विस्तारका कारण उनी चर्चित बनेका थिए। 

सम्पत्ति जफतका लागि आयोगले उनकी श्रीमती मीनादेवी तिवारी र छोरी मीरा तिवारीलाई पनि प्रतिवादी बनाएको छ। 

सुझावित समाचार