रास्वपा संसदीय दलकाे उपनेतामा गणेश पराजुली

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको उपनेतामा गणेश पराजुली चयन भएका छन्।

दलका नेता बालेन्द्र शाह (बालेन)काे अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेकाे संसदीय दलकाे बैठकले पराजुलीलाई दलकाे उपनेता चयन गरेकाे हाे। काठमाडौं ७ बाट निर्वाचित पराजुली अहिले नियमावली मस्यौदा समिति सभापति पनि हुन्।

संसदीय दलकाे बैठकले मुख्य सचेतकमा कवीन्द्र बुर्लाकोटीलाई र सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरिसकेको छ।

सुझावित समाचार