पाँच कम्पनीको सेयर निष्कासन गर्न बोर्डको अनुमति

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाल धितोपत्र बोर्डले दुईवटा म्युचुल फन्डलाई सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले सिद्धार्थ इक्विटी फन्ड–२ र एलएस होराइजन–१२ निष्कासन गर्न बुधबार अनुमति दिएको हो ।

एलएस होराइजन–१२ ले १२ वर्ष अवधिको १२ करोड एकाइ निष्कासन गर्नेछ भने सिद्धार्थ इक्विटी फन्ड–२ ले १० करोड एकाइ सार्वजनिक निष्कासन गर्नेछ । प्रतिएकाइ १० रुपैयाँमा निष्कासन गरिने यी दुवै बन्दमुखी योजना हुन् । 

सिद्धार्थ इक्विटी फन्ड–२ को योजना व्यवस्थापक, निष्कासक तथा बिक्री प्रबन्धका सिद्धार्थ क्यापिटल रहेको छ । यस्तै, एलएस होराइजन–१२ मा कोष प्रवर्द्धक लक्ष्मी सन्राइज तथा योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल रहेको छ ।

बोर्डले तीन कम्पनीलाई आइपिओ जारी गर्न स्वीकृति दिएको छ । स्वीकृति पाउनेमा एभरेस्ट कलर, माउन्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स छन् । एभरेस्टले सात लाख ९० हजार, माउन्ट एभरेस्टले २५ लाख ८० हजार र आठ लाख ५० कित्ता सेयर  बिक्री गर्नेछन् । 

सुझावित समाचार