सरकारको १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्र : निःशुल्क शिक्षा नीति ल्याउने घोषणा

मंगलबार, १ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गरेको छ। मंगलबार ‘राष्ट्रिय प्रतिबद्धता’सम्बन्धी मस्यौदा प्रतिवेदन सार्वजनिक गर्दै सरकारले शिक्षामा निःशुल्क  नीति ल्याउने घोषणा गरेको हो ।

संविधानको धारा ३१ मा रहेको शिक्षासम्बन्धी हकमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने भनिए पनि अहिलेसम्म त्यो कार्यान्वयन हुन सकेको छैन । 

उच्च शिक्षालाई प्रतिस्पर्धी, अनुसन्धामुखी तथा रोजगारउन्मुख बनाउन विश्वविद्यालयहरुको पुर्नसंरचना गर्ने पनि सरकारले जनाएको छ। त्यस्तै, शैक्षिक क्यालेन्डरको पालना, रोजगारमुखी प्राविधिक शिक्षा, र पढ्दै कमाउँदै र कमाउँदै पढ्दै कार्यक्रम सञ्चालन गरी उच्च शिक्षापछि विदेश जाने प्रवृत्ति कम गर्न कुरा प्रतिबद्धता-पत्रमा छ । 

सुझावित समाचार