२०८२ साल अब इतिहास भयो : केपी ओली

मंगलबार, १ बैशाख, २०८३
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै समृद्ध नेपाल निर्माणका लागि अनुभव र युवाशक्तिबिच सहकार्य अपरिहार्य रहेको बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै उनले वर्ष ०८२ अब इतिहास बनिसकेको उल्लेख गरेका छन्। उनले विगतका सफलता र विफलता, अवसर र चुनौती तथा कमजोरी र उपलब्धिबाट पाठ सिक्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

उनले लेखेका छन्, ‘सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होऊन् वा उपलब्धि- २०८२ अब इतिहास भयो। इतिहासको समीक्षा गर्दै र भविष्यलाई नियाल्दै, नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बिचको एक सार्थक ‘सिनर्जी’ सिर्जना गरोस्। नयाँ वर्ष २०८३ को सबैमा हार्दिक शुभकामना !’

सुझावित समाचार