हक्कीको राष्ट्रिय टिम घोषणा

शनिबार, २८ चैत, २०८२
डिजिटल संस्करण

नेपाल हक्की संघले राष्ट्रिय टिमको घोषणा गरेको छ । शुक्रबार गण्डकीकी अंकिता अधिकारीको नेतृत्वमा २६ सदस्यीय महिला टिम र गण्डकीकै कुशल नेपालीको नेतृत्वमा २६ सदस्यीय पुरुष राष्ट्रिय हक्की टिमको घोषणा गरिएको हो । 

महिला टोलीको गोलकिपरमा सञ्जु मगर, खुस्बु रान र मधुकुमारी छन् । यस्तै, फर्वार्डमा प्रनिता पुडासैनी, आशीका मण्डल, नमिता एस के, वन्दना भट्ट, अन्जली कर्माकर, बबिता उराव र मुस्कान राना परेका छन् । यस्तै, महिला टिको मिडफिल्डमा सीतामाया बल, अंकिता मुखिया, गीता पुनमगर, करुणा ठगुन्ना, निरुता गिरी, सबिता राजवंशी, लक्ष्मनियाकुमारी दास, पुर्णिमा नेगी र सपना स्याङ्बो रहेका छन् । यस्तै, डिफेन्समा सोनु बराल, सञ्जिता श्रेष्ठ, विमु नेपाली, सञ्जु चौधरी, शर्मिला कुमारी र कृति पुलामी छनोट भएका छन् ।

पुरुष टोलीको गोलकिपरमा जोशन राई, विवेक जोशी र उज्ज्वल राजवंशी छन् । यस्तै, अट्याक–फर्वार्डमा असिम बाहिक, सुदीप चौधरी, विशु घिमिरे, महेश नेपाली, भरत टमटा, रोनस के यादव र अनिश खड्काले स्थान बनाए । मिडफिल्डमा आयुष शाह, पुरुषोत्तम महतो, मोहन पुन, उमेश श्रेष्ठ, जयन्त बडु, मनीष भट्ट, रोमन राजवंशी, रहेका छन् । यस्तै, डिफेन्समा सुजन बोगटी, सौरभ दंगाल, मानकेश्वर साह, विवेक गुरुङ, निशान्त भट्ट, रोहित राजवंशी, संगम घर्ती मगर र अमिन सापकोटा छनोट भएका छन् ।

यस्तै, राष्ट्रिय टिमको जर्सीसमेत सार्वजनिक गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले टिमको घोषणा र जर्सी सार्वजनिक गरेका हुन् ।

See More On

सुझावित समाचार