साप्ताहिक राशिफल : २८ चैत ०८२ (शनिबार) देखि ५ वैशाख ०८३ (शुक्रबार) सम्म

शनिबार, २८ चैत, २०८२
डिजिटल संस्करण

मेष : साताको प्रारम्भमा सेयर कारोबारमा लगानी गर्दा पछि फाइदा हुने योग रहेको छ । आर्थिक र व्यावसायिक समस्या समाधान हुनेछन् । आम्दानी बढ्नाले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ । साताको अन्त्यमा महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी पनि अपनाउनुपर्नेछ ।

वृष :  आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दामामिलामा विजयीको योग रहेको छ । मित्रजनबाट साथ–सहयोग मिल्नुका साथै नयाँ कार्यको थालनी हुनेछ । सप्ताहान्तमा नयाँ सवारीसाधन खरिद–बिक्रीबाट लाभ मिल्नेछ ।

मिथुन : साताको प्रारम्भमा व्यावसायिक यात्राको सम्भावना रहेको छ । वैदेशिक यात्रामा गरिएको लगानीबाट हानि नोक्सानीको योग रहेको छ । सप्ताहान्तमा भाग्यले साथ दिनेछ । सहयोगीहरू जुट्नाले नाम, दाम र इनाम हात पार्न सफल भइनेछ । नयाँ मित्रताबाट भरपूर साथ मिल्नेछ ।

कर्कट :  राजनीतिक कार्यमा सफलता मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । साताको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । सोचेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । सप्ताहान्तमा कामको सन्दर्भमा रमाइलो यात्रा र अतिरिक्त आम्दानी हुनेछ । 

सिंह :  नयाँ सवारीसाधन जोड्ने योग रहेको छ । लगनशीलताले नाम, दाम र इनाम दिलाउन सक्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिने सम्भावना छ । साताको अन्त्यमा महŒवपूर्ण जिम्मेवारी प्राप्तिको योग रहेको छ ।

कन्या : अरूलाई प्रभावित पारेर काम बन्नेछन् । व्यापार व्यवसायबाट विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । पारिवारिक भेटघाटको समय छ । प्रतिस्पर्धीसमेत सहयोगीका रूपमा देखापर्नेछन् । विभिन्न भौतिक साधन जुट्नेछन् ।

तुला : अनावश्यक झमेलाबाट बचेर काम गर्नुपर्नेछ । वैदेशिक सहयोग मिल्नुका साथै सफल यात्राको योग रहेकाले सोचेअनुसार फाइदा पुग्नेछ । सप्ताहान्तमा विद्यार्थीहरूका लागि सुखद समाचार आउला । शैक्षिक यात्राको प्रक्रिया अघि बढ्नेछ । 

वृश्चिक:  धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । प्रशंसकहरूले साथ दिनेछन् । बिहीबारदेखि अलि जोखिमपूर्ण जिम्मेवारी प्राप्त हुनाले सावधान हुनुुपर्ला । महत्वपूर्ण सूचना चुहावट हुन सक्ने योग रहेकाले विशेष सावधानी अपनाउनुपर्नेछ ।

धनु:  मनमा हर्ष, उमंग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । लेनदेन र हिसाबकिताबमा सावधान नहुँदा बिचमा केही विवाद हुन सक्छ । सप्ताहान्तमा स्थिति अनुकूल हुनाले लक्ष्यमा पुगिनेछ ।

मकर :  शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी हुन सक्छ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । आम्दानी पनि प्रशस्तै बढ्न सक्छ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन् । सप्ताहान्तमा स्वास्थ्यमा मौसमी गडबडी देखापर्न सक्छ । सोखले खर्च गराए पनि उद्देश्य पूरा नहुन सक्छ ।

कुम्भ : योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैँ पछि परिनेछ । राजनीतिक कार्यमा बाधा आउनेछ । सम्पत्ति हराउने र साँझमा खर्च बढ्न सक्छ । नयाँ ज्ञान प्राप्त हुने योग छ । सप्ताहान्तमा आगन्तुकले अलमल्याउने हुँदा चिताएको काममा पनि बाधा पुग्न सक्छ ।

मिन : प्रशस्त धनार्जन गर्ने अवसर पाउनुहुनेछ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । अवसरका लागि चुनौतीसँग लड्नुपर्ने देखिन्छ । बिहीबारदेखि श्रम र व्यवसायबाट मनग्य आम्दानी हुनेछ । तर, सप्ताहान्तमा पछिका लागि खर्च 
पनि गर्नुपर्ला ।

सुझावित समाचार