मन्त्रिपरिषदमा ३७ प्रतिशत पुग्यो महिलाको उपस्थिति

शुक्रबार, २७ चैत, २०८२
डिजिटल संस्करण

राज्यका निकायमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्वको बहस भइरहेका वेला मन्त्रिपरिषदमा भने महिलाको उपस्थिति ३७.५ प्रतिशत पुगेको छ। शुक्रबार थप एक महिला मन्त्रीमा नियुक्त भएसँगै १६ सदस्यीय मन्त्रिपरिषदमा महिलाको संख्या ६ पुगेको छ। 

प्रधानमन्त्री बालेन्द्र शाहले गौरीकुमारीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गरेका हुन्। 

यसअघि सोविता गौतम कानुन, सीता बादी महिला, प्रतिभा रावल संघीय मामिला, निशा मेहता स्वास्थ्य र गीता चौधरी कृषिमन्त्री बनिसकेका छन्। 

शुक्रबार गौरीसहित रामजी यादवलाई श्रममन्त्रीमा नियुक्त गरिएको हो। दुवैले शपथ लिइसकेका छन्।

यससँगै तत्कालका लागि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। रक्षाबाहेक सबै मन्त्रालयमा मन्त्री तोकिएका छन्। रक्षा भने प्रधानमन्त्री शाह आफैँले राख्ने समझदारी भएको छ । 

सुझावित समाचार