रास्वपा सभापतिले समर्थन गर्छौँ भनेपछि राप्रपाको उम्मेदवारी ः ज्ञानेन्द्र शाही

बिहिबार, २६ चैत, २०८२
डिजिटल संस्करण

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले रास्वपा सभापति रवि लामिछानेले समर्थन गर्ने आश्वासन दिएपछि पार्टीले उपसभामुखमा उम्मेदवारी दिएको बताएका छन्।

श्रम संस्कृति पार्टीकी उम्मेदवार रुविकुमारी ठाकुरलाई रास्वपाले समर्थन गरेपछि शाहीले सोही पार्टीका सभापतिको टोलिफोन सम्पर्कपछि आफूहरूले उम्मेदवारी दिएको स्पष्टीकरण दिएका हुन्।

‘स्वयं पार्टी सभापतिले नै फोन गरेर उम्मेदवारी दर्ता गराउनुस्, हाम्रो समर्थन छ भनेपछि हामीले दर्ता गराएका छौँ । अरू बाँकी कुरा उहाँहरूले के गर्नुहुन्छ, उहाँहरूले जान्नुहुन्छ,’ उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग शाहीले भने।

राप्रपाबाट सरस्वती लामाले उपसभामुखका लागि उम्मेदवारी दिएकी छिन्। उपसभामुखको निर्वाचन २७ चैतलाई तोकिएको छ। संसदीय अंकगणितअनुसार उपसभामुखमा रास्वपाले जुन दलको उम्मेदवारलाई समर्थन गर्छ उसैले जित्ने निश्चित छ।

सुझावित समाचार