दिल्लीविरुद्ध गुजरात १ रनले विजयी

बिहिबार, २६ चैत, २०८२
डिजिटल संस्करण

गुजरात टाइटन्सले बुधबार इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्समाथि १ रनको रोमाञ्चक जित निकालेको छ । अरुण जेट्ली रंगशालामा पहिलो ब्याटिङ गरेको गुजरातले चार विकेटको क्षतिमा २१० रनको विशाल योगफल बनाएको थियो ।

प्रत्युत्तरमा दिल्लीले २० ओभरमा आठ विकेट गुमाएर २०९ रन जोड्दा गुजरात १ रनले विजयी भएको हो । लक्ष्य पछ्याएको इनिङ्समा दिल्लीका लागि लोकेश राहुलले ५२ बलमा ११ चौका र चार छक्का प्रहार गरी ९२ तथा पथुम निसंकाले ४१ रन जोडेका थिए ।

डेभिड मिलरले २० बलमा समान तीन छक्का र चौका प्रहार गरी ४१ रन बनाए । उनले १९.५ ओभरमा १ रन नलिँदा दिल्लीले खेल गुमाएको हो । यसअघि गुजरातको ब्याटिङमा कप्तान शुभमन गिलले ४५ बलमा चार चौका र पाँच छक्का प्रहार गरी ७०, जोस बलटरले २७ बलमा ५२ तथा वासिङटन सुन्दरले ३२ बलमा ५५ रनको योगदान दिएका थिए । 

See More On

सुझावित समाचार