ईशान अस्पतालले मनायो विश्व बाल शल्यचिकित्सा दिवस

बुधबार, २५ चैत, २०८२
डिजिटल संस्करण

ईशान बाल तथा महिला अस्पतालले विश्व बाल शल्यचिकित्सा दिवस (पेडियाट्रिक सर्जरी डे) मनाएको छ । टोखाको धापासी– ५ मा रहेको अस्पतालमा मंगलबार सो दिवस मनाइएको हो ।

अस्पतालका कार्यकारी निर्देशक प्राडा रामनन्दनप्रसाद चौधरीका अनुसार बाल शल्यचिकित्सामाथि छलफल गरिएको छ । बालबालिकको शल्यक्रिया गर्दा डा. अन्तर्राष्ट्रिय सर्जरीबारे जानकार हुनुपर्ने, अस्पताल पनि सोहीस्तरको हुनुपर्ने र शल्यक्रिया पनि अरूले नभई बाल शल्यचिकित्सकले गर्नुपर्नेजस्ता विषयमा छलफल भएको थियो ।

छलफलमा अस्पतालका चिकित्सक, स्थानीयलगायतको उपस्थिति थियो । यस्ता जागरणात्मक कार्यक्रमले अभिभावकलाई आफ्ना बालबालिकाको स्वास्थ्यस्थितिबारे निर्णय लिन सहयोग पुग्ने कार्यकारी निर्देशक चौधरीको भनाइ छ । 

०५२ मा स्थापित नेपालकै पहिलो गैरसरकारी बाल अस्पताल ईशानले सस्तोमा गुणस्तरीय सेवा दिँदै आएको बताइएको छ । यहाँबाट अन्तर्राष्ट्रिय मापदण्डअनुसारका बाल, महिला तथा वयस्कसम्बन्धी मल्टिस्पेसियालिटी तथा सुपर स्पेसियालिटी सेवा दिइरहेको अस्पतालले जनाएको छ । एमडी पेडियाट्रिक विशेषज्ञबाट नवजात तथा बालरोग, बालसर्जरी, महिला, प्रसूति तथा हाडजोर्नीसम्बधी सेवा प्रदान हुँदै आएको छ । 

सुझावित समाचार