नयाँ वर्ष ०८३ को अवसर पारेर एलजी इलेक्ट्रोनिक्सले सिजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ‘डिजाइन योर ड्रिम होम’ विशेष अभियान सार्वजनिक गरेको छ । अभियानअन्तर्गत ग्राहकले एलजीका विभिन्न घरेलु उपकरणमा ४१ प्रतिशतसम्म छुट, निश्चित उपहार तथा आकर्षक क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार नयाँ वर्षसँगै ग्राहकलाई स्मार्ट, आधुनिक र आरामदायी घर निर्माणमा सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । यसमार्फत एलजीका आधुनिक प्रविधि, आकर्षक डिजाइन र दैनिक जीवनलाई सहज बनाउने विभिन्न घरेलु उपकरणलाई प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ ।
यसअन्तर्गत टिभी, अडियो सिस्टम, भ्याकुम क्लिनर तथा ३०८ लिटरसम्मका सिंगल र डबल डोर फ्रिजमा ४१ प्रतिशतसम्म क्यासब्याक प्रदान गरिनेछ । यस्तै, फ्रन्ट लोड वासिङ मेसिन खरिदमा ६ केजी, टप लोडमा दुई केजी र ट्विन टबमा एक केजी सरफ निःशुल्क उपलब्ध हुने बताइएको छ ।
यसैगरी, डिसवासरमा दुई प्याक वासिङ ट्याब्लेट, ३४० लिटर वा सोभन्दा माथिका साइड–बाई–साइड तथा डबल डोर फ्रिजमा मिक्सर, माइक्रोवेभ ओभनमा कुकिङ किट तथा एयर कन्डिसनरमा निःशुल्क इन्स्टलेसन सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अभियानको उद्देश्य ग्राहकलाई नयाँ वर्षको सुरुवातमै आफ्नो घरलाई अझ आधुनिक, स्मार्ट र प्रभावकारी बनाउने अवसर दिनुका साथै खरिद प्रक्रियालाई सहज र लाभदायी बनाउनु हो । अभियान सीमित अवधिका लागि लागू हुनेछ ।