सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा
सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले २३ चैतबाट लागू हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो।
एमाले सांसद रेखा शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
बालश्रम शोषणको आरोपमा पक्राउ परेकी एमालेकी लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ। यही कसुरमा यसअघि उनीविरुद्ध मुद्दा नचल्ने निर्णय भइसकेकाले थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले भनेको हो।
आइतबार सेयर बजारमा पहिरो गएको छ। नेप्से परिसूचक १०५।५० प्रतिशतले घटेर दुई हजार ६७६।६८ विन्दुमा कायम भएको हो। यो ३।७९ प्रतिशतको गिरावट हो।
चार सहसचिव र तीन उपसचिवको सरुवा, दुई जिल्लाका सिडिओ फेरिए
गृह मन्त्रालयले चार सहसचिव र तीन उपसचिवको सरुवाको सरुवा गरेको छ। सरुवामा एक विभागका महानिर्देशक तथा दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी९सिडिओ० फेरिएका
सभामुख अर्यालद्वारा पदभार ग्रहण
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले पदभार ग्रहण गरेका छन्। शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि सभामुख अर्यालले पदभार ग्रहण गरेका हुन्।छन्।
ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। आइतबार न्यायाधीश जगतबहादुर पौडेलको इजलासले चैत २१ गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थपको अनुमति दिएको हो।
डा. नारायण कँडेल महान्यायाधिवक्तामा नियुक्त
अधिवक्ता डा। नारायण कँडेल महान्यायाधिवक्तामा नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवातालको बिचभागमा अलपत्र परेका ११ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको हो।
आइतबार दिउँसो अचानक आएको हावाहुरीको कारण स्ट्यान्डिङ प्याडल बोटमा बोटिङ गरिरहेका उनीहरू सो तालको बिचभागमा फसेका थिए।
पतञ्जली जग्गा घोटालाका योजनाकार शालिग्राम सिंहविरुद्ध थप दुई मुद्दा दायर, एक करोड १० लाख बिगो
पतञ्जली जग्गा घोटाला काण्डका योजनाकार शालिग्राम सिंहविरुद्ध दुईवटा भ्रष्टाचार मुद्दा दायर भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध दुई फरक कसुरमा कुल एक करोड १० लाख बिगो कायम गरेर मुद्दा दायर गरेको हो।
राखेपलाई फिफाको सातदिने अल्टिमेटम– निलम्बन फुकुवा नगरे एन्फाको निलम्बनका लागि काउन्सिलमा पेस गर्ने
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले राखेपलाई सात दिनभित्र निलम्बन फुकुवा नगरे अखिल नेपाल फुटबल संघ ९एन्फा०लाई तत्काल निलम्बनका लागि फिफा काउन्सिलमा पेस गर्ने चेतावनी दिएको छ।