प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले पदभार ग्रहण गरेका छन्। शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि सभामुख अर्यालले पदभार ग्रहण गरेका हुन्।
शुक्रबार सभामुख पदका लागि अर्यालको मात्र उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका थिए। धादिङनिवासी अर्याल काठमाडौं ९ बाट निर्वाचित सांसद हुन्।