नेप्सेमा तेहरो अंकको गिरावट

आइतबार, २२ चैत, २०८२
डिजिटल संस्करण

आइतबार सेयर बजारमा पहिरो गएको छ। नेप्से परिसूचक १०५.५० प्रतिशतले घटेर दुई हजार ६७६.६८ विन्दुमा कायम भएको हो। यो ३.७९ प्रतिशतको गिरावट हो।

आज ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ३.३० तथा फ्लोट इन्डेक्स ३.८८ प्रतिशतले ओरालो लागेका छन्। अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने वृद्धि भएको छ। बिहीबार साढे आठ अर्बभन्दा बढीको सेयर खरिद–बिक्री हुँदा आज सो रकम १२ अर्ब ३८ करोडभन्दा माथि पुगेको छ। तीन करोड १२ लाख ६ हजार कित्ता सेयर सो रकममा कारोबार भएको हो।

आज नेप्सेका सबै उपसमूहको सूचकमा समेत गिरावट देखिएको छ। सर्वाधिक घटेको अन्य समूहको गिरावट ६ प्रतिशतभन्दा धेरै छ। विकास बैंक र जलविद्युतको सूचक चार एवं बैंक, फाइनान्स, होटेल तथा पर्यटन, लगानी, जीवन बिमा, लघुवित्त, निर्जीवन बिमा र व्यापार समूहको सूचक तीन प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन्।

आज चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा तीन कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागको छ। रिलायन्स स्पिनिङ  मिल्स, भुजुङ हाइड्रोपावर, रिद्गे लाइन इनर्जी र होटेल फरेस्ट इनको सेयर मूल्य १० प्रतिशतले बढ्दा नारायणी विकास बैंक, हिमालयन रिइन्स्योरेन्स र भूगोल इनर्जीको सेयर मूल्य १० प्रतिशतले गिरावट भएको हो।

सुझावित समाचार