९० मिलियन डलर सहुलियतपूर्ण ऋण लिने सरकारको निर्णय

आइतबार, २२ चैत, २०८२
डिजिटल संस्करण

सरकारले एसियाली विकास बैंक र विश्व बैंकबाट ९० मिलियन अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

पोखरेलका अनुसार एसियाली विकास बैंकबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलरबराबरको ऋण लिने निर्णय भएको हो।

‘डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि क्रमशः एसियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन डलर गरी ९० मिलियन अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने’ निर्णयमा भनिएको छ।

सुझावित समाचार