हिमालयन जाभा बास्केटबल लिग २०२६ मा शुक्रबार रोयल र प्लेबक्स एरेनाले जित हात पारेका छन् । दशरथ रंगशाला कभर्डहलमा रोयलले सोलो बास्केटबल क्लबलाई ७८–६७ ले हरायो ।
रोयलले १३ खेलमा १५ अंक जोडेको छ । दिनको दोस्रो खेलमा प्लेबक्स एरेनाले कीर्तिपुरलाई ८३–७१ ले पराजित गर्यो । प्ले बक्सको यो तेस्रो जित हो । प्लेबक्सले १३ खेलबाट १६ अंक जोडेको छ । कीर्तिपुरको भने यो दसौँ हार हो । कीर्तिपुरको पनि समान १५ अंक छ । रोयल र प्लेबक्स प्लेअफ पुग्ने होडबाट बाहिरिसकेका छन् ।