एसइई परीक्षाकै दिनदेखि उत्तरपुस्तिका जाँच्न सुरु

शुक्रबार, २० चैत, २०८२
डिजिटल संस्करण
एसइई परीक्षाकै दिनदेखि उत्तरपुस्तिका जाँच्न सुरु

ताप्लेजुङ सदरमुकाम फुङलिङ नगरपालिका– ७, दोखुस्थित युवा वर्ष मावि परीक्षा केन्द्रमा बिहीबार एसइई दिँदै परीक्षार्थी । तस्बिर : केशवप्रसाद भट्टराई/नयाँ पत्रिका

माध्यमिक शिक्षा परीक्षा (एसइई)को उत्तरपुस्तिका  परीक्षा लिइएकै दिन परीक्षण सुरु  गरिएको छ । एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने योजनाअनुसार परीक्षा दिएकै दिन उत्तरपुस्तिका परीक्षण सुरु गरिएको हो । 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार उत्तर पुस्तिका सम्बन्धित केन्द्रमै परीक्षण गरिएका छन् । परीक्षा बिहीबारबाट सुरु भएको छ । पहिलो दिन देशका सबै केन्द्रमा अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको थियो । उक्त विषयको उत्तरपुस्तिका मंगलबार नै परीक्षण गरिएको छ । बोर्डका डेपुटी कन्ट्रोलर विष्णु ज्ञवालीले परीक्षा सकिएलगत्तै सोहि केन्द्रमा माध्यमिक तहका शिक्षकले कापी परीक्षण गरेको बताए ।

उनले भने,‘हरेक केन्द्रमा परीक्षा सकिनाथ परीक्षण हुन्छ । तीन घन्टाजतिमा सकिन्छ । तर, आफ्ना विद्यार्थीको कपि सम्बन्धित विद्यालयका शिक्षकले जाच्नुहुन्न । हामीले केन्द्र नै विद्यालय साटेर राखेका छौ ।’कन्ट्रोलन ज्ञवालीका अनुसार परीक्षा र कापी परीक्षण एकैदिन अर्थात २९ चैतमा सकिनेछ । त्यसपछि तथ्यांक अध्यावधिक र रिजल्टको तयारी गरिनेछ । यसो हुदा एक महिनाभित्रमा नजिता प्रकाशन भैसक्ने छ । विहिबारदेखि सुरु भएको यसवर्षको एसईईमा पाँच लाख नौ हजार ९५१ विद्यार्थी परीक्षामा सहभागी छन् । यसमध्ये दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्र सहभागी छन्। देशभर १९ सय ९१ परीक्षा केन्द्र मा परीक्षा र कापी परीक्षण भैरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका डेपुटी कन्ट्रोलर विष्णु ज्ञवालीले परीक्षा सकिएलगत्तै 
सोही केन्द्रमा माध्यमिक तहका शिक्षकले कापी परीक्षण सुरु गरेको बताए । उनले भने, ‘हरेक केन्द्रमा परीक्षा सकिनासाथ परीक्षण हुन्छ । तीन घण्टाजतिमा सकिन्छ । तर, आफ्ना विद्यार्थीको कपी सम्बन्धित विद्यालयका शिक्षकले जाँच्नुहुन्न । हामीले केन्द्र नै विद्यालय साटेर राखेका छौँ ।’

See More On

सुझावित समाचार