दिल्ली क्यापिटल्सले १९औँ इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार लखनउ सुपर जायन्टलाई ६ विकेटले पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको लखनउले १८.४ ओभरमा सबै विकेट गुमाएर १४१ रनको मध्यम योगफल खडा गरेको थियो । दिल्लीका लुन्गी र नटराजन समान तीन विकेट लिएका थिए । लखउनको ब्याटिङमा मिचेल मार्सले ३५ र अब्दुल सामादले ३६ रनको योगदान दिएका थिए ।
प्रत्युत्तरमा दिल्लीले १७.१ ओभरमा चार विकेटको क्षतिमा १४५ रन बनाउँदै आफ्नो पहिलो खेलमा सानदार जित निकाल्यो । दिल्लीको सुरुवात खराब रह्यो । इनिङ्सका ४.३ ओभरमा दिल्लीले चार विकेट गुमाउँदा २६ रन बनाएको थियो ।
दिल्लीका लागि समीर रिज्भी र ट्रिस्टनले पाँचौँ विकेटका लागि ७६ बलमा ११९ रनको साझेदारी गर्दै जित दिलाए । समीरले ४७ बलमा चार छक्का र पाँच चौका प्रहार गरी ७० रन जोडे । ट्रिस्टनले ३२ बलमा ३९ रन बनाए ।