जेन–जी आन्दोलनका क्रममा काठमाडौंको कोटेश्वरमा प्रहरीको हत्या गरेको अभियोगमा जेल परेका युवकलाई अदालतबाट छुटाइदिने भन्दै नौ लाख रुपैयाँ ठगी भएको छ । ठगीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
हवल्दार अमृत गुरुङको छुरा हानेर हत्या गरेकाे आरोपमा पक्राउ परेका तीन युवक पुर्पक्षका लागि जेल परेका थिए। त्यसमध्ये एक युवकका परिवारलाई ठगी गरेको आरोपमा मण्डिखाटार बस्ने ४५ वर्षीय हरिबहादुर थापा र उनकी मिठु भनिने अनिता थापा मगरलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो । धरौटी र वकिलबापतको खर्च भन्दै उनीहरूले खातामै पैसा लिएका थिए। पक्राउ परेकालाई ठगी मुद्दामा कारबाही अघि बढाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाले बताए।