फेरि सर्‍यो रवि लामिछानेको मुद्दामा सुनुवाइ, पूर्ण इजलासमा पेस गर्न आदेश

आइतबार, १५ चैत, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभियोग संशोधनविरुद्ध परेका रिटमा सुनुवाइ झन् लम्बिएको छ। आइतबार सर्वाेच्च अदालतले सो रिट पूर्ण इजलासमा पेस गर्ने आदेश दिएको छ ।

न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा गत ९ चैतदेखि हेर्दाहेर्दैमा राखेर सुनुवाइ हुँदै आएको थियो। लामो सुनुवाइपछि पूर्ण इजलासमा सुनुवाइ गर्ने आदेश भएको हो। जसअनुसार अब तीन वा सोभन्दा धेरै न्यायाधीशको इजलासमा सुनुवाइ हुने भएको छ । 

दुई महिनाअघि महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर हटाउने निर्णय गरेको थियो। त्यसविरुद्ध सर्वाेच्चमा रिट परेपछि जिल्ला अदालतहरूमा यससम्बन्धी निर्णय रोकिएका छन्। मुद्दाको सुनुवाइ अस्वाभाविक रूपमा लम्बिएको लामिछानेका कानुन व्यवसायीले बताएका छन्। 

सुझावित समाचार