ओली र लेखकको गिरफ्तारी राजनीतिक प्रतिशोध र पूर्वाग्रह : तरुण दल

शनिबार, १४ चैत, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारी राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्वक भएको ठहर गरेको छ।

शनिबार विज्ञप्ति जारी गर्दै तरुण दलले उक्त पक्राउप्रति घोर भर्त्सना गरेको छ। एकपक्षीय र दुराशयपूर्ण कदमहरूले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि ठाडो प्रहार गरेको भन्दै तरुण दलले देशलाई अनावश्यक द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने गम्भीर घटना उत्पन्न भएको बताएको छ। 

राष्ट्रलाई अस्थितरतातर्फ लैजाने कुनै पनि गतिविधिको तरुण दलले सशक्त विरोध गर्ने प्रतिबद्धता जनाएको छ। 

See More On

सुझावित समाचार