बालेन सर्वसम्मत रूपमा रास्वपाको संसदीय दलको नेता चयन
राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र(बालेन) शाहलाई संसदीय दलको नेतामा चयन गरेको छ। पार्टी कार्यालयमा बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो।
पार्टी सभापति रवि लामिछानेले यससम्बन्धी प्रस्ताव बैठकमा राखेका थिए।
बालेन संसदीय दलको नेतामा चयन भएसँगै प्रधानमन्त्री बन्न बाटो खुलेको छ। आजै रास्वपाले राष्ट्रपतिलाई यससम्बन्धी जानकारी गराउने तयारी गरेको छ। राष्ट्रपति कार्यालयबाट आजै बालेन प्रधानमन्त्रीमा नियुक्ति हुने सम्भावना छ।
मन्त्री छान्न रवि–बालेन छलफलमा
शुक्रबार प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह(बालेन)को शपथसँगै मन्त्रिमण्डल पनि गठनको तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी जुटेको छ। मन्त्रीको नाम छान्ने पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह छलफलमा छन्।
विज्ञताका आधारमा मन्त्री छान्ने गरी अन्तिम छलफल भइरहेको रास्वपाका एक नेताले बताए। सभापति रवि लामिछानेले क्षमताको आधारमा मन्त्री चयन हुने भएकाले कतै लबिङ र मिडियाबाजी नगर्न यसअघि निर्देशन दिइसकेका छन्।
बालेनको सुरक्षामा खटाइयो पिएसओ
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको सुरक्षामा व्यक्तिगत सुरक्षा अधिकृत(पिएसओ) खटिएका छन्। प्रहरी प्रधान कार्यालयले बुधबारदेखि सइ दर्जाका प्रहरीलाई उनको सुरक्षामा खटाएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार हाल सांसद र भावी प्रधानमन्त्रीका रूपमा सुरक्षा चुनौतीको दृष्टिकोणले पिएसओ खटाइएको छ। चुनावको क्रममा पनि सुरक्षा चुनौतीलाई दृष्टिगत गरी प्रहरीले बालेनलाई पिएसओ दिने प्रस्ताव गरेकोमा आफुलाई आवश्यक नभएको भन्दै उनले लिएका थिएनन्।
नवनिर्वाचित सांसदहरूले लिए शपथ (फोटोफिचर)
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । शपथका लागि सांसदहरू विभिन्न परम्परागत पोसाकमा पुगेका थिए।
नेपालको संविधानको धारा, ९९ र ९१ को उपधारा, ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ।
सेतो मत्स्येन्द्रनाथको रथ यात्रा सुरु (फोटोफिचर)
सेतो मत्स्येन्द्रनाथको रथ जात्रा सुरु भएको छ। जात्राको पहिलो दिन बिहीबार काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्याइएको छ । दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ भने तेस्रो दिन हनुमानढोकाबाट लगनसम्म पुर्याइन्छ।
जनताले परिवर्तन रोजे, बहुमत सम्भव देखाए : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै लोकतान्त्रिक प्रक्रियाबाट आएको जनादेशलाई सम्मान गर्नुपर्ने बताएकी छन्।
बिहीबार साँझ बालुवाटारस्थित सरकारी निवासबाट सम्बोधन गर्दै सुशीला कार्क ले हालै सम्पन्न निर्वाचनले परिवर्तनको पक्षमा नागरिकले स्पष्ट जनादेश दिएको उल्लेख गरिन्।
राखेपले तीन महिना निलम्बन गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्वाचन स्थगित गरेको छ । एन्फाले शुक्रबार झापामा चुनावी साधारणसभा गर्न सम्पूर्ण तयार पूरा गरेको थियो । तर, राखेपले बुधबार एन्फालाई तीन महिनासम्म निलम्बन गरेपछि एन्फाले अर्काे सूचना जारी नभएसम्मको लागि निर्वाचन स्थगित गरेको निर्वाचन समितिले जनाएको छ ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु– गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विश्वभरमा बसोवास गर्ने नेपाली मूलका मानिसलाई नेपालसंग जोड्न नेपाली कांग्रेसले पहल गर्ने बताएका छन्।
एशोसिएसन अफ नेपाली ओरिजिन(एएनओ)का अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष बरिष्ठ अधिबक्ता सुशीलकुमार पन्त, महासचिव चूडामणि भट्टराई र बोर्ड अफ ट्रष्टी ओमराज गुरुंगसहितको प्रतिनिधिमण्डलसंग विहीबार सांझ भेट गर्दै सभापति थापाले नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणा पत्रमा नेपाली मूलका मानिसलाई समेट्ने प्रयास गरेको जानकारी दिएका हुन्।
रवि लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा, अब आइतबार मात्र सुनुवाइ हुने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा अभियोग संशोधन गर्ने निर्णयविरुद्धका रिटको सुनुवाइ बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको छ। सुनुवाइ नसकिएको भन्दै मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। अब १५ चैतको आइतबार मात्र सुनुवाइ हुने भएको छ।
दिनभर उतारचढावमा रहेको नेपाली सेयर बजार अन्तिम समयमा सुधारिँदै दोहोरो अंकले उकालो लागेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार १४.२१ अंकले बढेर २९५०.१६ विन्दुमा बन्द भएको हो। अघिल्लो कारोबार दिन बुधबार भने नेप्से २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा अडिएको थियो।