जनताले परिवर्तन रोजे, बहुमत सम्भव देखाए : प्रधानमन्त्री कार्की

बिहिबार, १२ चैत, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै लोकतान्त्रिक प्रक्रियाबाट आएको जनादेशलाई सम्मान गर्नुपर्ने बताएकी छिन्।

बिहीबार साँझ बालुवाटारस्थित सरकारीनिवासबाट सम्बोधन गर्दै सुशीला कार्कले हालै सम्पन्न निर्वाचनले परिवर्तनको पक्षमा नागरिकले स्पष्ट जनादेश दिएको उल्लेख गरिन्।

उनले वर्तमान निर्वाचन प्रणालीमा कुनै पनि दलले बहुमत प्राप्त गर्न सक्दैन भन्ने स्थापित भाष्यलाई मतदाताले गलत साबित गरिदिएको दाबी गरिन्। साथै, उनले लोकतान्त्रिक प्रक्रियाबाट जनताको आकांक्षा प्रतिविम्बित भएको बताइन्।

सम्बोधनका क्रममा उनले युवाको नेतृत्वमा गठन हुन लागेको नयाँ सरकारप्रति आशा व्यक्त गर्दै जेन-जेड आन्दोलनका मागहरू पूरा हुने विश्वास व्यक्त गरिन्। सुशासन, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, आर्थिक विकास तथा सामाजिक न्यायका क्षेत्रमा परिणाममुखी काम हुने उनले बताइन्।

प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालमा प्राप्त सहयोगका लागि नागरिकप्रति आभार व्यक्त गर्दै देशलाई स्थायित्व र समृद्धिको दिशामा अगाडि बढाउन सबै राजनीतिक शक्तिहरूलाई सहकार्य गर्न आग्रह गरिन्।

सुझावित समाचार