सुशासन र आर्थिक पुनर्संरचना सरकारको मुख्य एजेन्डा : स्वर्णिम वाग्ले

बिहिबार, १२ चैत, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति  डा. स्वर्णिम वाग्लेले जनताले दिएको मतको सम्मान गर्दै त्यसको न्याय हुने गरी अघि बढ्ने बताएका छन्।  वाग्लेले बिहीबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै जनताले यसपटक आफूहरूलाई ठुलो विश्वासका साथ मत दिएको उल्लेख गरे।

उनले सो विश्वासलाई व्यवहारमा उतार्दै जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे। वाग्लेका अनुसार अब बन्ने सरकारको मुख्य प्राथमिकता सुशासन कायम गर्नु र आर्थिक पुनर्संरचना अगाडि बढाउनु हुनेछ।

यसका साथै, उनले गुणस्तरीय पुनर्निर्माणमा पनि सरकारको ध्यान केन्द्रित हुने बताए। जनताको अपेक्षा पूरा गर्न प्रभावकारी नीति र कार्यान्वयनमा जोड दिइने उनको भनाइ थियो।

सुझावित समाचार