रास्वपा केन्द्रीय समितिको बैठक १२ गते

मंगलबार, १० चैत, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले १२ गते केन्द्रीय समिति बैठक डाकेको छ। संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय गर्न रास्वपाले १२ गते (बिहीबार) ४ बजे पार्टीको केन्द्रीय समिति बैठक डाकेको हो । 

सोही दिन अपराह्न २ बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ समारोह हुँदै छ। केन्द्रीय समिति बैठकमा सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको प्रवक्ता मनीष झाले जानकारी दिए। बैठक पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने झाले बताए। 
 

See More On

सुझावित समाचार