बास्केटबल लिगमा हाउन्ड्सको पहिलो जित

मंगलबार, ३ चैत, २०८२
डिजिटल संस्करण

हिमालयन जाभा नेसनल बास्केटबल लिगमा केभिसी हाउन्ड्सले पहिलो जित हात पारेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार हाउन्ड्सले रोयललाई ७६–६४ ले पराजित गरेको हो । हाउन्ड्सले पहिलो क्वार्टरमा २४–१२ को अग्रता बनाएको थियो । दोस्रो क्वार्टर २३–१६ ले जितेको रोयल खेलमा फर्किने प्रयास गरेको थियो । तर, हाउन्ड्सले तेस्रो क्वार्टर १७–१५ र चौथो क्वार्टर १९–१४ ले पहिलो जित निकाल्यो । लगातार तीन हारपछि पहिलो जित निकालेको हाउन्ड्सले चार खेलबाट पाँच अंक जोडेको छ ।

तेस्रो हार व्यहोरेको रोयलले पनि चार खेलबाट पाँच अंक नै जोडेको छ । हाउन्ड्सका सौरभ श्रेष्ठले सर्वाधिक २१ स्कोर गरे । अर्को खेलमा कीर्तिपुरले सोलो बास्केटबललाई ८४–७७ ले पराजित गर्दै दोस्रो जित निकाल्यो । लगातार दुई खेल जितेको सोलोमो यो पहिलो हार हो । कीर्तिपुरका अनिल खड्गी म्यान अफ दी म्याच घोषित भए । नेपाल बास्केटबल संघ (नेबा)को आयोजनामा भइरहेको दोस्रो संस्करणको लिगमा आठ टोलीले भाग लिइरहेका छन् । 

डबल राउन्ड रोबिनका आधारमा भइरहेको लिगमा कुल ५६ खेल हुनेछन् । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफअन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीले पहिलो क्वालिफायर हुने आयोजकले जनाएको छ । लिगमा तेस्रो र चौथो हुने टोलीबिच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबिच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबिच फाइनल खेल हुनेछ । 

सुझावित समाचार