कालीकोटमा करेन्ट लागेर एकजनाको मृत्यु

सोमबार, २ चैत, २०८२
डिजिटल संस्करण

कालीकोटमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको रास्कोट नगरपालिका– ८, बाँखरकोटका अन्दाजी ५० वर्षका मन बरालको करेन्ट लागेर मृत्यु भएको हो । 

डिलचाखा भन्ने वनमा बाख्रा चराउन गएका वेला अचानक उनको शरीरमा विद्युतको तार छोइएर करेन्ट लागेको स्थानीयले बताएका छन् । स्थानीय कमलप्रसाद बरालले करेन्ट लागेको जानकारी आएपछि आफूले विद्युत् हाउसमा फोन गरेर बत्ती बन्द गरिदिन अनुरोध गरेको भए पनि बरालको घटनास्थलमै मृत्यु भइसकेको बताए ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले करेन्ट लागेर मान्छेको मृत्यु भएको खबर आएको र त्यसका लागि इलाका प्रहरी कार्यालय रास्कोट टोली त्यसतर्फ गएको जानकारी दिए । 

See More On

सुझावित समाचार