१६१ क्षेत्रको मतपरिणाम सार्वजनिक

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुर्याएको छ। १६५ मध्ये १६१ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ। बाँकी चार क्षेत्रमा मतगणना चलिरहेको छ। 

१६५ मध्ये १२४ क्षेत्रमा रास्वपाले जितिसकेको छ भने गोरखा १ मा अग्रता लिइरहेको छ। 

त्यस्तै, नेपाली कांग्रेसले १७ ठाउँमा जितिसकेको छ भने इलाम १ मा अग्रता लिएको छ। 

एमालेले आठ क्षेत्रमा जितेको छ भने संखुवासभामा अग्रता लिएको छ। 

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले सात क्षेत्रमा जितिसकेको छ। 

त्यस्तै, श्रम संस्कृति पार्टीले तीन, राप्रपाले एक र एक स्वतन्त्र विजयी भएका छन्। 

धनुषा ४ मा मतगणना जारी रहे पनि सार्वजनिक गरिएको छैन । यहाँ रास्वपाका उम्मेदवारको निर्वाचन आयोगले उम्मेदवारी रद्द गरेकोमा उनी अदालत गएका छन्। अदालतबाट आदेश नभएकाले मतपरिणाम सार्वजनिक गरिएको छैन । 

सुझावित समाचार