रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्णहरि बुढाथोकी विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वीलाई सात हजार १९९ मतान्तरले पराजित गर्दै बुढाथोकीले जित दर्ता गराएका हुन्।
रास्वपाका बुढाथोकीले २४ हजार ८०८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार माधव ढुंगेलले १७ हजार ६०९ मत प्रात गरेका छन्।
यसैगरी, नेपाली कांग्रेसका रामचन्द्र खडकाले १६ हजार ३०७, नेपाली कम्युनिस्ट पार्टीका श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ र उज्यालो नेपाल पार्टीका दीपबहादुर योन्जनले ७ हजार २०१ मत पाएका छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रामेछापबाट नेपाली कांग्रेसका पूूर्णबहादुर तामाङ (कान्छाराम) ४७ हजार ९९ मतसहित निर्वाचित भएका थिए।