बैतडीबाट रास्वपाका भण्डारी विजयी

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारीले बैतडीबाट विजयी भएका छन् । भण्डारीले २२ हजार एक सय ३४ मत ल्याउँदै निकटम प्रतिस्पर्धी चतुर बहादुर चन्दलाइ तीन हजार ९४० मतले पराजीत गरेका हुन् ।

क्यानका अध्यक्ष तथा काग्रेसका जिल्ला सभापति चन्दले १८ हजार एक सय ९४ मत प्राप्त गरेका छन् । चन्द पहिलो चोटी निर्वाचन लडेका थिए । एमालेका दामोदर भण्डारी तेस्रो स्थानमा रहे । उनले १७ हजार ९१ मत प्राप्त गरेका छन् । केपी ओली सरकारको मन्त्री परिषदमा उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री समेत रहेका भण्डारीले २०७० सालको संविधान सभाको दोस्रो निर्वाचनसँगै लगातार तीनवटा निर्वाचनमा जीत निकालेका थिए ।

बिजेता हरिमोहन भण्डारी २०७४ मा नेपाली कांग्रेसबाट प्रदेश सभा सदस्यका लागि चुनाव लडेका थिए । त्यतिखेर उनी वाम गठबन्धसँग पराजीत भए । त्यसपछि २०७९ मा पुनः प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार भएर चुनावी मैदानमा उत्रिए । तर जित्न सकेनन् । नेपाली कांग्रेसका कन्द्रिय महाधिवेसन प्रतिनिधी रहेका भण्डारीले अन्तिम समयमा टिकट नपाएपछि कांग्रेस त्यागेर स्वातन्त्र उम्मेदवारी दिएका थिए ।

यो पटक तेस्रो चोटी पराजयबाट जोगिदै उनले प्रतिनिधीसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट जीत हासिल गरेका हुन् । भण्डारी चुनावी सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र भण्डारीका सहोदर भाइ हुन् । उनका बुवा लक्ष्मण भण्डारी पञ्चायतकालमा राप्रपाको राजीनितमा सक्रिय थिए । बुवाकै प्रेरणाबाट राप्रपामा आवद्ध हुँदै राजनीतिमा आएको उनी बताउछन् । पछिल्लो अढाइ दसकदेखि नेपाली काग्रेसँग जोडिएका भण्डारी तीन पटक काग्रेसको महासमिति सदस्य बनेका थिए ।

सुझावित समाचार