कैलाली ३ मा रास्वपाका जोशी निर्वाचित

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

कैलाली क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जगतप्रसाद जोशी निर्वाचित भएका छन् । २० हजार ३५९ मत ल्याएर जोशी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका वीरमान चौधरीले ११ हजार ९८३ मत प्राप्त गरेका छन् ।

यो क्षेत्रमा नेपाली कांग्रेसका भीमबहादुर बडुवालले नौ हजार ७०६ र नागरिक उन्मुक्ति पार्टी नेपालका बिक्रम चौधरीले ६ हजार ७४७ मत प्राप्त गर्दा नेकपा एमालेका गौरीशंकर चौधरी चार हजार ७५२ मतसहित पाँचौँ स्थानमा रहे ।

See More On

सुझावित समाचार