अर्घाखाँचीमा रास्वपाका उम्मेदवार हरिप्रसाद भुसाल विजयी

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरिप्रसाद भुसाल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले ३५ हजार २३ मत प्राप्त गरी निर्वाचित भए ।

यसैगरी एमालेका उम्मेदवार पिताम्बर भुसालले २२ हजार ६४९ मत प्राप्त गरका छन् ।  कांग्रेस उम्मेदवार विष्णु प्रसाद खनाल (मुस्कान)ले १८ हजार ९८३ मत प्राप्त गरेका छन् । 

यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामबहादुर चौहानले ३ हजार ८४७ मत ल्याए । राष्ट्रिय जनमोर्चाका उम्मेदवार पशुपति ढकालले १ हजार ८०९ मत प्राप्त गरेका छन् । यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उम्मेदवार खिम बहादुर घर्ती मगरले ४५९ मत ल्याएका छन् ।
 

सुझावित समाचार