ललितपुरको क्षेत्र नम्बर १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन्। यसअघि कांग्रेसका उदयशमशेर राणाको अग्रता रहेकोमा सहरी क्षेत्रमा मतगणना सुरु भएपछि रास्वपाका बुद्धरत्न महर्जनले अग्रता लिएका छन्।
महर्जनले सात हजार ७१ मत पाउँदा राणाले सात हजार ६४ मत पाएका छन्। उनीहरूबिच सात मतको मात्रै मतान्तर भए पनि पछिल्लो मतगणनामा रास्वापाको मत धेरै देखिन थालेको छ।
काठमाडौं उपत्यकाका तीन क्षेत्रमा रास्वपाले जितिसकेको छ भने बाँकी १२ क्षेत्रमै अग्रता लिएको छ।
ललितपुर १ अपडेट
बुद्धरत्न महर्जन (रास्वपा) : ७ हजार ७१
उदयशमशेर राणा (कांग्रेस) : ७ हजार ६४
चेतनाथ सञ्जेल (एमाले) : ४ हजार २०
पदमकुमार लामा (उज्यालाे नेपाल पार्टी) : १ हजार ९०२
सुनील महर्जन (नेकपा) : १ हजार ७